दाेलखावासीले तामाकोशीको सेयरमा काठमाडाैँबाटै अावेदन दिन पाउने
११ साउन, काठमाडाैँ । दाेलखाका स्थानीयका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । दाेलखाबासीलार्इ अाफू बसेको स्थान काठमाडाैँबाटै पनि सेयर अावेदन गर्न मिल्ने सुविधान मिलाइएको छ ।
नेपालकै लगानीमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको आयोजनामा धेरैभन्दा धेरै नागरिकको सहभागिता गराउन यस्ताे सहजता उपब्लध गराइएको हो ।
नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार काठमाडौँ उपत्यकाभित्रैबाट पनि शेयर आवेदन दिन पाउने गरी व्यवस्था गरिएको छ । स्थानीयवासीले साधारण शेयर आवेदन दर्ता जिल्ला जानै पर्ने बाध्यता हटेको छ ।
प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १८:१४