नेपाल बैंकद्धारा ८५ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
१ मंसिर, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले बैंकको ८५ औं वार्षिक उत्सवको अवसर पारेर कात्तिक २६ गते भूगोलपार्क स्थित केन्दीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाल बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा आयोजित विभिन्न कार्यक्रमहरु मध्ये उक्त रक्तदान कार्यक्रममा १०४ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी लगायत बैंकका कर्मचारीहरु तथा बिभिन्न ग्राहकहरुले रक्तदान गरेका थिए ।

नेपाल बैंकको आयोजना तथा लायन्स क्लब अफ काठमाडौँ बैंकरको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी बैंकले देशका विभिन्न भागमा आर्थिक, सांस्कृतिक, सामाजिक, वातावरणीय, सरसफाई, शैक्षिक, स्वस्थ्य, वित्तीय साक्षरताका कार्यक्रम पनि गरेको छ।
प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १६:१४










