१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

अन्तिम अभ्यास खेलमा ईस्ट लण्डन सार्कमाथि नेपालको फराकिलो जित

११ साउन, काठमाडाैँ । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा पनि फराकिलो जित हात पारेको छ । बिहीबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले ईस्ट लण्डन सार्कमाथि १३४ रनको फराकिलो जित निकालेको हो ।

यो जितसँगै नेपालले बेलायतमा खेलेका चार अभ्यास खेलमध्ये तीनमा जित निकालेको छ । लाउजटेन क्रिकेट क्लब मैदानमा भएको ट्वेन्टी ट्वेन्टी खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर २५१ रन बनायो ।

अभ्यास खेल सकाएको नेपालले अब लर्डस मैदानमा मेरिलवोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँग त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी श्रृंखला खेल्नेछ । उक्त खेल आइतबार हुनेछ । त्यसपछि नेपाल नेदरल्याण्ड्ससँग दुईवटा एक दिवसीय खेल खेल्न जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ०८:४६