६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

हिरासतमा यातना दिएर कैदीको हत्या गर्ने दुई प्रहरीलाई मृत्युदण्ड


११ साउन, काठमाडौँ । हिरासतमा यातना दिएर कैदीको हत्या गर्ने दुई प्रहरीलाई मृत्युदण्डको सजाय भएको छ । भारतको दक्षिणी राज्य केरलाको एक अदालतले कैदीको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

अदालतले अन्य दुई वरिष्ठ अधिकारीहरूलाई सो घटना ढाकछोप गर्ने खोजेको भन्दै तीन वर्ष कारावासको सजाय सुनाएको छ । केरलाको एउटा विशेष अदालतले ती दुई प्रहरी अधिकारीहरूले चोरीको आशंकामा समातिएका २६ वर्षीय युवकलाई ज्यान जाने गरी यातना दिएको ठहर गरेको हो ।

तेह्र वर्षदेखि न्यायका लागि संघर्ष गर्दै आएकी मृतककी आमाले अदालतको फैसलाको स्वागत गरेकी छन् । उनले ईश्वरले एउटी आमाको पुकार सुनेको प्रतिक्रिया दिइन् । त्रिवेन्द्रम नगरस्थित एउटा उद्यानमा उदयकुमार नाम गरेका २६ वर्षीय श्रमिकसँग भारु चार हजार फेला परेपछि सन् २००५ को सेप्टेम्बरमा उनलाई चोरी गरेको आशंकामा पक्राउ गरिएको थियो । त्यो रकम लिएर प्रहरीले उनलाई छोडिदिए पनि आफूले आमालाई ओणम पर्वमा उपहार दिने वचन दिएको भन्दै उदयकुमार जान मानेनन् । त्यही साँझ उनलाई अस्पतालमा मृत अवस्थामा र्पुयाएको बताइन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ०८:४१