१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

आरम्भ चौतारी र देउराली लघुवित्तले कात्तिक ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने

१७ कात्तिक, काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरी ३० कात्तिकबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

राष्ट्र बैंकले देउरालीलाई १ः० दशमलव ८४ सेयर स्वाप अनुपातमा एक्वायर गर्न आरम्भ चौतारीलाई अन्तिम स्वीकृति दिएसँगै कारोबार सुरु गर्ने भएको हो ।

एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । दुवै संस्थालाई एकीकृत कारोबार गर्न केन्द्रीय बैंकले १ कात्तिकमा अन्तिम स्वीकृत दिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार ११:५६