१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

भोल्भो निर्माण उपकरण खरिद गर्न समृद्धि फाइनान्सले कर्जा दिने

१७ कात्तिक, काठमाडाैँ । भोल्भो निर्माण उपकरण खरिद गर्न समृद्धि फाइनान्सले कर्जा दिने भएको छ । खरिद कर्जा प्रवाह गर्ने सम्बन्धमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड र टाइम्स मोटर प्रा.लि. बीच एक सम्झाैता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झाैतामा भोल्भो निर्माण उपकरणहरुका खरिदकर्ताहरुका लागि उपकरण खरिदमा ऋण उपलब्ध गराउनेबारे उल्लेख गरिएको छ । फाइनान्सका सबै शाखाबाट देशभरका भोल्भो निर्माण उपकरणका सम्भावित खरिदकर्ताहरुले उपकरण ऋण सुविधा प्राप्त गर्नेछन् ।

५ वर्षको कर्जा अबधि रहेको योजनामा ग्राहकले उपकरण लागतको ८० प्रतिशतसम्म कर्जा फाइनान्सबाट लिन सक्नेछन् ।उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र टाइम्स मोटरर्सको तर्फबाट प्रबन्ध निर्देशक दिपक राज गीरीले हस्ताक्षर गरेका छन् ।

समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार ११:३६