१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

भारतीय वेश्यालयमा चेलीबेटी बेच्ने नुवाकोटका रामबहादुर तामाङ फुटुङबाट पक्राउ

१५ कात्तिक, काठमाडाैँ । भारतीय वेश्यालयमा चेलीबेटी बेच्ने नुवाकोटका रामबहादुर तामाङ फुटुङबाट पक्राउ परेका छन । प्रहरीले सोमबार रामबहादुरलाई तारकेश्वर नगरपालिका वडा नम्बर ७ नागपोखरी फुटुङाट पक्राउ गरेकाे हाे ।

नेपाल प्रहरीकाे मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी अनुराग कुमार द्धिवेदीका अनुसार पक्राउ पर्ने जिल्ला नुवाकोट दुप्चेश्वर गाउपालिका वडा नं.६ स्थायी वतन भई हाल का.जि.तारकेश्वर नगरपालिका वडा नं.७ फुटुङ नागरपोखरी एरीयामा बस्ने बर्ष ३९ को जान्द्रे तामाङ भन्ने राम बहादुर तामाङ रहेका छन ।

यस्ताे छ घटना विवरण

मानव वेचबिखन अपराधमा संलग्न प्रतिवादी पक्राउ ।

श्रीमानले दिएको शारीरिक तथा मानसिक यातनाका कारण जिवीको पार्जनका लागी काठमाण्डौको जमलमा रहेको किताब पसलमा सरसफाईको काम गर्ने जाहेरवाली परिवर्तित नाम बबरमहल ७५ लाई निजकै श्रीमानले आफ्नो साथि भनि कोठामा ल्याई चिनजान गराई दिएको जान्द्रे भन्ने रामबहादुर तामाङले जाहेरवालीसँग चिनजान भए पश्चात निजको सम्पर्क नम्बर लिई पटक पटक फोन गरी तिमि निकै मेहेनती रहिछौ, घरमा पनि राम्रो रहेनछ, कति श्रीमानको कुटाई गाली खाएर बस्छौ, म संग राम्रो काम छ, पैसा पनि राम्रो पाउँछौ, काम गर्न जाने ठाउँ अलि टाढा छ ।

तर चिन्ता नगर म आफै लगेर छाडेर आउछु, तिमीले साडीमा बुट्टा भर्ने काम गर्नुपर्दछ, खान बस्न सहित १० हजार दिन्छ भन्ने समेतको प्रलोभन देखाई २०७४ सालको श्रावण महिनाको अन्तिमतिर काठमाण्डौको स्वयम्भुबाट भाडाको बसमा चढाई भोलिपल्ट एकिन नाम थाहा नभएको नेपाल भारतको सिमामा पुर्‍याई मोटरसाईकलमा चढाई सिमा पार गरी भारतको नयाँदिल्ली स्थित जि.बि.रोडको ५९ भन्ने कोठीमा पुर्‍याई बिक्री गरेकोमा जाहेरवालीले दिनमा १५ देखी २० जना सम्म अपरिचीत मानिसहरुसंग जबरजस्ती शाररिक सम्पर्क गर्नु पर्ने,प्रहरीले छापा हान्दा कोठी संचालकले पहिले जानकारी पाई जाहेरवाला लगायत सानो उमेरका केटीहरुलाई कसैले नदेख्ने गरी अन्डरग्राउण्ड कोठामा लुकाउने गरी १ बर्ष सम्म उक्त स्थानमा बेश्याबृत्तिमा लगाएकाे ।

१ बर्ष पछि पुन: नयाँदिल्ली स्थित ६४ नम्बर कोठी लगायत अन्य बिभिन्न कोठीहरुमा पटक पटक बेचबिखन गरी बेश्याबृत्तिमा लगाई रहेको अबस्थामा जाहेरवालीको बिरामी भई चेकजाच गर्ने क्रममा पाठेघरमा पानी जम्ने समस्या र टि.वि.को समस्या भई नियमित औषधी सेवन गरी महिनामा १/२ पटक मेडिकल गर्न जाने अनुमति पाई चेकजाँच गर्न जाने क्रममा चिनजान भएकी चितवनको नेपाली महिलाको सहयोगमा नेपाल रहेका आफन्तलाई फोन सम्पर्क गरेकीमा जाहेरवालीको आफन्तले नयाँदिल्लीबाट निज जाहेरवालीलाई उद्धार गरी मिति २०७७ सालको चैत्र महिनामा नेपाल फिर्ता ल्याएको घटनामा पीडितले मिति २०७८/०१/१७ गते यस कार्यालयमा बेचबिखन तथा ओसारपसार मुद्दा सम्बन्धी जाहेरी दर्ता गराएकीले अनुसन्धानको क्रममा यस ब्यूरोको टोलीद्वारा वारदातमा संलग्न प्रतिवादी मध्येका बर्ष ३९ को जान्द्रे तामाङ भन्ने राम बहादुर तामाङ (ना.प्र.नं.८५४६१) लाई मिति २०७८/०७/१३ गते बेलुकी २०:०० बजेको समयमा का.जि.तारकेश्वर न.पा.वडा नं.७ फुटुङ नागपोखरीबाट पक्राउ गरी थप अनुसन्धान भईरहेको ।

पक्राउ अभियुक्तको विवरण :-
जिल्ला नुवाकोट दुप्चेश्वर गाउपालिका वडा नं.६ स्थायी वतन भई हाल का.जि.तारकेश्वर नगरपालिका वडा नं.७ फुटुङ नागरपोखरी एरीयामा बस्ने बर्ष ३९ को जान्द्रे तामाङ भन्ने राम बहादुर तामाङ ।
कानुनी प्रावधान:-
१. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान कारवाही हुने ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार २२:५१