२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

भार्गव विकास बैंकले बोनस शेयर दिने

८ साउन, काठमाडाैँ । भार्गव विकास बैंकले आर्थिक वर्ष २0७३/0७४ सम्मको सञ्चित मुनाफाबाट रु दुई करोड ६४ लाखबराबरको बोनस शेयर तथा रु १३ लाख ८९ हजार ४७३ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो बैंकले रु ४७ करोड ५२ लाखको ५.५५ प्रतिशत बोनस शेयर दिन लागिएको जानकारी स्टकलाई गराएको छ ।

नेपाल राष्ट्र बैंकले सो बैंकलाई ‘ख’ वर्गको इजाजत दिएको छ भने बाँके, बर्दिया र दाङ जिल्लालाई कार्यक्षेत्र बनाएको छ । बैंकको यही साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार १९:५४