५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सिटिजन्स बैंकको ९१ लाख ४८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत

१२ कात्तिक, काठमाडौँ । सिटिजन्स बैंकको ९१ लाख ४८ हजार आठ सय २२ दशमलव दुई कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । सिटिजन्स बैंकले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई १.० दशमलव ९५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

उक्त सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार १४:२०