२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

उन्नति सहकार्य लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस कति ?

१२ कात्तिक, काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १२ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट अनुमानेदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् । हाल चुक्ता पुँजी १७ करोड ६१ लाख ६९ हजार रहेको लघुवित्तको ३२ प्रतिशतका दरले पाँच करोड ६३ लाख ७४ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि चुक्ता पुँजी २३ करोड २५ लाख ४४ हजार १२ रुपैयाँ ४२ पैसा पुग्नेछ । कम्पनीले अघिल्लो वर्ष १७ दशमलव ८१५ बोनस सेयर दिएको थियो ।

प्रकाशित मिति : October 29, 2021 at 11:57 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/