९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

सानिमा माई हाइड्रोपावरको साधारणसभा आज, यस्ताे छ मुख्य एजेण्डा

११ कात्तिक, काठमाडौँ । सानिमा माई हाइड्रोपावरको साधारणसभा आज बिहीबार बस्दैछ । १० दशमलव ५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्न आज बिहान ११ बजे भर्चुअल माध्यमबाट साधारणसभा सुरु हुँदैछ । तर, लगानीकर्ताले भौतिक रुपमा पनि सहभागी जनाउन सक्नेछन् ।

सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गरिएको छ । सभामा सानिमा माईले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । उक्त प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १०:५६