११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

सेतुवन्ध भन्सारकाे चौबीस करोड राजश्व संकलन

८ साउन, सुुनसरी । सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यभन्दा बढी अर्थात् १७९.६५ प्रतिशत राजश्व असुली भएको भन्सार कार्यालय कोशी ब्यारेजका कम्प्युटर अधिकृत पारसमणि लामिछानेले जानकारी दिए ।

गत आवमा रु १३ करोड ४३ लाख १२ हजार लक्ष्य पाएकामा कार्यालयले रु २४ करोड १२ लाख ८४ हजार राजश्व असुली गरेको छ । कार्यालयले साउनमा रु ५१ लाख ३७ हजार, भदौमा रु एक करोड ८६ लाख ५३ हजार, असोजमा रु दुई करोड १२ लाख ६५ हजार, कात्तिकमा रु दुई करोड छ लाख ७३ हजार र मंसिरमा रु दुई करोड २१ लाख ७९ हजार राजश्व संकलन गरेको थियो ।

यस्तै पुसमा रु दुई करोड ४६ लाख तीन हजार, माघमा रु दुई करोड ७५ लाख ४१ हजार, फागुनमा रु एक करोड ६७ लाख नौ हजार, चैतमा रु एक करोड ८५ लाख ४७ हजार र वैशाखमा रु दुई करोड ३४ लाख ६३ हजार राजश्व संकलन गरेको थियो ।

प्रकाशित मिति : July 24, 2018 at 2:20 pm