१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

एशियन लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो नयाँ बोनसदर

९ कात्तिक, काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न शिर्षकमा न्युनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्यांकनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिको ३ कात्तिकको पत्रमार्फत स्वीकृत भई बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

सावधिक तथा आजीवन बीमालेख

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर रहेको छ । कम्पनीको यस बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढीको लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

बालबालिकाको सावधिक जीवन बीमालेख

बालबालिकाको सावधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ६० रुपैयाँ, १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दामाथि अवधिका लागि प्रतिहजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सावाधिक जीवन बीमालेख

कम्पनीका अनुसार सावाधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ६० रुपैयाँ, १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दामाथिका लागि प्रतिहजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्ष अवधिको लागि ४४ रुपैयाँ, १२ वर्ष अवधिको लागि पनि प्रतिहजार ४४ रुपैयाँ, १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, १८ वर्ष अवधिको लागि प्रतिहजार ५८ रुपैयाँ र २० वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस बीमालेख

नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस बीमालेखमा न्युनतम ३२ रुपैयाँदेखि ५८ रुपैयाँ, १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ५८ रुपैयाँसम्म बोनसदर कायम गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : October 26, 2021 at 2:22 pm