१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

आरबीबी मर्चेन्ट बैंकिङले बाेलायाे वार्षिक साधारणसभा, यस्ता छन् एजेण्डा

८ कात्तिक, काठमाडौँ । आरबीबी मर्चेन्ट बैंकिङको छैटौँ वार्षिक साधारणसभा ३० कात्तिकमा आयोजना हुने भएको छ । आरबीबीले चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने (करसहित) प्रस्तावसहित सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ ।

सभामा लाभांश प्रस्ताव मुख्य एजेन्डा रहेकाे छ । आर्थिक वर्ष ०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा छलफल, आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, वासलात तयार पार्ने, नाफा–नोक्सान लगायतका विषयमा छलफल गर्ने लगायतका एजेन्डा छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार १३:५३