१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मोटरसाइकल आजगानी गरेको आरोपमा एक युवक पक्राउ

८ कात्तिक, सिरहा । मोटरसाइकलमा आगजानी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डलको स.४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजानी गरेको आरोपमा स्थानीय ३३ वर्षीय दिपक साहलाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको हो ।

मण्डलले आफ्नै घर अगाडि सार्वजानिक भवनमा पार्किङ गरी राखेको मोटरसाइकलमा गत २६ असोजको राति आगजानी भएको थियो ।पक्राउ परेका साहले व्यक्तिगत रिसइबीका कारण पेट्रोल छर्केर आगजानी गरेको प्रहरीसामु स्वीकार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ परेको साहमाथि म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाउने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार ११:३५