११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

आन्तरिक राजश्व कार्यालय भरतपुरद्वारा २२ अर्ब राजश्व संकलन

८ साउन,चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ ।

कार्यालयले अघिल्लो आव २०७३÷०७४ भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन भएको थियोे । कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा १२८।१५ प्रतिशत प्रगति भएको हो ।

गत आवमा रु १९ अर्ब ६९ करोड ४९ लाख ८१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा रु दुई अर्ब १० करोड ९५ लाख ८४ हजार बढी राजश्व संकलन गर्न सफल भएको हो । पौडेलले लक्ष्यको ११०।७१ प्रतिशत प्रगति भएको बताउनुभयो ।

कार्यालयले अन्तशुल्कमा रु १८ अर्ब ८० करोड ७८ लाख ३९ हजार राजश्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा ११३।५५ प्रतिशत बढी हो ।

त्यस्तै गरी स्वास्थ्य सेवा शुल्कमा रु छ करोड २९ लाख १० हजार राजश्व संकलन गरी लक्ष्यको १२९।१८ प्रतिशत प्रगति गरिएको छ ।

आयकरतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घरवहाल करमा रु ११ करोड २४ लाख ८९ हजार, ब्याजकरमा रु आठ करोड ९२ लाख ९१ हजार, मूल्यअभिवृद्धि करमा रु एक अर्ब १४ करोड एक लाख ६२ हजार र शिक्षा सेवा करमा रु दुई करोड ६० लाख ६२ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख थानप्रसाद पंगेनीले निरन्तर अनुगमन, प्रयास र विभागीय नीति निर्देशनको पालना गरी काम गरिएकाले गत आव र अघिल्लो आव क्रमशः लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको बताउनुभयो ।

प्रकाशित मिति : July 24, 2018 at 8:54 am