सपाेर्ट लघुवित्त वित्तीय संस्थाले घोषणा गर्याे लाभांश, नगद कति ?
७ कात्तिक, काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको ५ कात्तिकमा बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशतले हुने एक करोड ९८ लाख रुपैयाँ बराबरको बोनस सेयर र एक दशमलव ५७८९ प्रतिशतले हुन आउने दुई करोड आठ लाख ४२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी वार्षिक साधारणसभा बाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् । हाल चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको बोनस वितरणपछि पुँजी आठ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार १३:५७