३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

प्रि-ओपन सेसनमा सामान्य अंकले घट्याे नेप्से

७ कात्तिक, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ०१ अंकले घटेको छ । यससँगै सूचक दुई हजार ५५६ दशमलव ९५ विन्दुमा अडिएको छ । आजको यस सेसनमा ३० लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आइतबार १७ कम्पनीको पाँच हजार सात सय ८२ कित्ता सेयर कारोबार भएकोमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने दुईवटा कम्पनीको सेयर मूल्य घटेको छ । आन्य बाँकी कम्पनीको सेयर मूल्य भने स्थिर छ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार ११:११