आशा लघुवित्तको साधारणसभा २७ कात्तिकमा, यस्तो छ एजेण्डा
५ कात्तिक, काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा साधारणसभा बोलाएको छ । लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा बिहान १० बजे पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।
साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले १२ कात्तिकमा एक दिन बुकक्लोज गर्ने भएको छ । यसअनुसार ११ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र लघुवित्तको सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, अन्य लघुवित्तहरूसँग मर्जर तथा एक्विजिशनसम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतको एजेण्डा छ ।
प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १४:०२