१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

झारफुकको बहानामा जबर्जस्ती करणी गर्ने १ जना पक्राउ

-सुनिल कार्की

३ कात्तिक, पाल्पा । पाल्पा सदरमुकाम तानसेन बजारमा झारफुक गर्ने बहानामा महिलालाई जबर्जस्ती करणी गर्ने एक पुरुष पक्राउ परेका छन् । तानसेन नगरपालिका-३, भगवती टोलमा बसेर झारफुक गर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका-१० खैरेनीका ३२ वर्षीय केदार रनपाललाई प्रहरीले पक्राउ गरेको हो ।

रनपालले सोमबार राति साढे १० बजे ३० वर्षकी महिलाको कोठामा गएर झारफुक गर्ने बहानामा जबर्जस्ती करणी गरेका थिए । पीडित महिलाले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिकात्मक तस्बिर ।

रनपाललाई मंगलबार बिहान २ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । आरोपितलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार १३:१७