११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

‘माधव नेपालको पार्टीमा नेताका श्रीमती, साली र नातागोतामात्र जिम्मेवारीको प्राथमिकतामा’

२ कात्तिक, काठमाडौँ । अध्यादेशको बलमा माधवकुमार नेपालले गठन गरेको नेकपा ९एकीकृत समाजवादी०को नेतृत्वमा नेताका श्रीमती, साली, भान्जा र नातागोतालेमात्र जिम्मेवारी पाएको भन्दै आलोचना भएको छ । मन्त्री समेत पैसामा बेचेको भनेर आरोप खेपेका नेपालले जिम्मेवारी बाँडफाँडमा आफन्तलाई मात्र जिम्मेवारीमा प्राथमिकता दिएपछि असन्तुष्टि बढेको हो ।

आफन्तपछि जिम्मेवारी पाउने प्राथमिकतामा बलात्कार आरोपीदेखि भ्रष्टाचार मुद्दा, रातोपासपोर्ट दुरूपयोग र नक्कली नागरिकता बोक्नेसम्मले जिम्मेवारीमा प्राथमिकता पाएका छन । तर माधव नेपालको गुटको नाममा लामो समयदेखि संघर्ष गरिरहेकाहरू छुटेका छन । विगतदेखि नै आफन्तका लागिमात्र काम गर्ने भनेर उपमा पाएका नेपालले यसपटक त्यो दाग पखाल्न सक्थे तर उनले झनै ठूलो दाग बनाएका छन ।

माधव नेपालको विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले फिल्डमा कार्यकर्ता उतार्नका लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेले । कतिसम्म भने माधव नेपालतिर कसैले गलत नजरले आँखा हेरे त्यसको आँखा नै फुटाउने र निहुँ खोजे हात र खुट्टा काट्ने चेतावनीसम्म दिए । तर जिम्मेवारी दिने समयमा नेपालले तीनै पराजुलीहरूलाई सम्झिनेसम्मको काम पनि गरेनन् ।

नेपालले केन्द्रीय सदस्यको नाम भनेर घोषणा गरेपछि प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य मञ्जु यावले पनि चर्को असन्तुष्टि व्यक्त गरिन । उनले भनेकि छिन्, ‘प्रदेश दुई भनेको एस पार्टीका लागि दलाल प्रवृत्ति भएका पुरुष मात्रका लागि हो। माथिल्लो कमिटीमा आफू बस्ने अनि तल्लो कमिटीमा श्रीमती, साली, नातागोतालाई मनोनित गर्ने ।’

यादवले नेतृत्वलाई चुनौतीका दिँदै भनेकी छिन्, ‘चुनौतीका साथ भन्छु– आउने चुनावमा माथिल्लो कमिटीमा बसेका नेताहरुले प्रतिनिधिसभाका चुनावका टिकट लिने आट गरोस्। हामी जस्तो महिलाहरु तिमिहरुका दास होइनौँ, हुन सक्दैनौँ ।’

एमालेभित्र विधि प्रक्रिया र पद्धति पालना नभएको भजन गाउँदै नयाँ दल बनाउन पुगेका नेपालले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेर जे कुराको मुखले बिरोध गर्थे व्यवहारमा त्यही कुरामात्र लागू गरेपछि उनका पछि लागेका नेता कार्यकर्ता असन्तुष्ट बनेका हुन ।

प्रकाशित मिति : October 19, 2021 at 10:32 am