३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

१ कात्तिक, काठमाडाैँ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेर नेपाली टोली सोमबार बिहान स्वदेश फिर्ता भएको छ । नेपाली टोलीको त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरू बिहान सवा ९ बजे कतार एयरवेजमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेको एन्फाले जनाएको छ । फुटबल टोलीलाई स्वागत गर्न विमानस्थलमा सयौंको समर्थक पुगेका थिए ।

खेलाडीको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज पनि विमानस्थलमा पुगेका थिए । माल्दिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो । साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले २५ हजार अमेरिकी डलर नगद प्राप्त गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार १२:०३