२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मन्दिरमा पूजा गर्न देउ भन्दा भीमबहादुर विकको कुटपिट गरेर हत्या !


१ कात्तिक, चितवन । चितवनको भरतपुर महानगरपालिकामा एक जना दलित अगुवाको कुटपिटबाट मृत्यु भएको छ । मन्दिरमा पूजा गर्ने विषयमा सल्लाह गर्न घरबाट निस्किएका भरतपुर महानगरपालिका–४ दुर्गाचोकका भीमबहादुर विकको हत्या भएको हो ।

प्रहरीले कुटपिटमा संलग्न भरतपुरका ४ का दुई जना पक्राउ गरेको छ । प्रहरीले कुटपिटमा संलग्न रहेका सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई पक्रउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले बताएका छन । अधिकारीले घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएका छन ।

५८ वर्षका भीमबहादुरले मदिराको मातमा मुख छाडेकाले कुटपिट गरेको पक्राउ परेकाहरूले बताएका छन । यद्यपी मृतक भीमबहादुरका छोरा किसन बिकले मन्दिरमा पूजा गर्ने विषयमा बुबा छलफल गर्न निस्किएको र त्यही विषयमा विवाद गरेर कुटपिट गरी हत्या गरिएको बताएका छन ।

उनले मन्दिरमा पूजा गर्ने विषयमा सोधखोज गर्दा नै बुबामाथि निर्घात कुटपिट भएको बताए । बुबाको दलिल भएकै कारण हत्या भएको र दोषीलाई करबाही गर्ने आधार नबनेसम्म शव जिम्म नलिने परिवारले जनाएको छ ।

भीमबहादुरले मदिराको तालमा गाली गलौज गर्दै हिडेँको समयमा कुटपिट भएको अनुमान गरिएको छ । यद्यपी विभन्न दलिल संस्थाहरूले दोषीमाथि कारबाही नगरे विषयलाई राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार ११:५२