जो माधव नेपालका लागि अरूका आँखा फुटाउन, हात र खुट्टा काट्न तयार थिए तर…
-पवित्रा मुडभरी
१ कात्तिक, काठमाडौँ । नेकपा (एकीकृत समाजादी) पार्टीको विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुली जो माधवकुमार नेपालका लागि अरूका आँखा फुटाउन तथा हात र खुट्टा काटिदिन तयार थिए अहिले उनै पार्टीबाट असन्तुष्ट बनेका छन । नेकपा एसले अन्तरपार्टी निर्देशन २ सार्वजनिक गरेर केन्द्रीय कमिटीमा ३३५ जना मनोनित गर्दा पनि पराजुली अटाउन सकेनन् । त्यससँगै उनीमा असन्तुष्टि चुलियो ।
अटाउन पनि कसरी केन्द्रीय नेताका दाजु, भाइ, श्रीमति, छोरा, छोरी वा साला साली र आफन्तको व्यवस्थापन गर्दागर्दै कोटा सकियो । पराजुलीको नाम केन्द्रीय कमिटीमा नपरेपछि उनले माधव नेपालले विगतमा एमालेमा बसेर गरेको जस्तै विधि र पद्धतिको प्रश्न गरेका छन ।
माधव नेपालका लागि अखिल फोर्स गठन गरेर माधव नेपालको घरमा नजर लगाउने र उनको बारेमा नराम्रो कुरा गर्नेमाथि निर्मम भाैतिक कारबाही गर्ने चेतावनी दिएका पराजुली नै केन्द्रीय कमिटीमा अटाउन सकेनन् । उनी माधव नेपालको नजरमा वैकल्पिक केन्द्रीय सदस्यका लागि समेत योग्य ठहरिएनन् । त्यसपछि रिसाएका पराजुलीले ड्याङ्ग प्रश्न गरे ।
पराजुलीले प्रश्नमात्र गरेनन् उनले सार्वजिनक रूपमै कुण्ठाले मात्र पार्टी संरचनाको नेता हून्छ भन्ने कलिलो सोच नदेखे हुन्छ भनेर नेपाल लगायतका समाजवादी पार्टीका शीर्ष नेतृत्वलाई चुनाैति समेत दिए ।
पराजुलीले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘कुन विधि, कस्को लागि, मापदण्ड एउटा पात्र छनौट अनेक खल्तीबाट आफु अनुकुल आफ्नो त्यो पनि निजि । संकिर्ण भावना राखेर पार्टी निर्माण गर्ने गलत सोच राख्ने । अहिले देखि नै गलत मानसिकताबाट व्यक्ति छनौटलाई रुचाउने परिपाटीबाट असल/सकारात्मक अभ्यास गर्ने नयाँ संकल्प चाहि भन्ने मात्रको नारा होला होईन कमरेड ?’
पराजुली त्यतिमै मात्र रोकिएनन्, उनले अनुरोध र चेतावनी समेत एकै पटक दँदै भने, ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय कमिटी निर्माण गर्ने जिम्मा पाएका कमरेडले विधि/मापदण्डको मुहार र आफ्नो मुहार एकचोटि हेर्न अनुरोध गर्दछु । प्रचारमा युवामैत्री तर पार्टी संरचना/व्यवहारमा शुन्यता म, मेरो,निजिलाई प्राथमिकता । कुण्ठाले मात्र पार्टी संरचनाको नेता हुन्छु भन्ने कलिलो सोच नदेख्दा नै राम्रो हुन्छ ।’
असार ३१ मा एमाले विभाजन नहुँदै अखिल फोर्सको घोषणा गर्दै पराजुलीले माधव नेपालको रक्षाका लागि जुनसुकै मूल्य चुकाउने बताएका थिए । तर तीन महिनामै पराजुली तीनै माधव नेपालसँग प्रश्न गर्ने, अनुरोध गर्ने र चेतावनी दिने अवस्थामा पुगेका छन । हुनत पराजुलीले बनाएको अखिल फोर्सका संयोजक तपेन्द्रजंग शाही नै मुल पार्टी एमालेमा फर्किसकेका छन । उनी अहिले अनेरास्ववियूको सचिवको जिम्मेवारीमा क्रियाशिल रहेका छन ।
@dainiki.com माधव नेपालकाे बिराेध गर्नेले भाैतिक क्षति व्यहाेर्नुपर्ने, आाखा फुटाउने र हात र खुट्टा काट्ने अभियान चल्ने सुदेश पराजुलीकाे चेतावनी
पराजुलीमात्र होइन धेरै नेता कार्यकर्ताले माधव नेपालको प्रवृतिसँग असन्तुष्टि राखेका छन । उनीहरूले सामाजिक सञ्जाल मार्फत नै नातावाद कृपावादमा माधव नेपाल रमाएको बताएका छन । यसअघि मन्त्रीमा चार जना छान्दा पनि दुइ जना व्यापारी छानेपछि मेटमणि चौधरी सञ्चार माध्यम मार्फत भएको कुराकानीमा आँशु नै झारेका थिए ।
थारू समूदायबाट उठेका चौधरीले पनि माधव नेपालको टिममा लागेपछि अवसर आउँदा प्राथमिकतामा पर्ने सचेर केपी शर्मा ओली र एमालेका अन्य नेताको विरूद्धमा मानिस हुँ भन्नेले बोल्नै र उच्चारण गर्न नमिल्ने र नसक्ने शब्दहरू प्रयोग गरेर गालीगलौज गरेका थिए तर चौधरी अवसर आउँदा पनि प्राथमिकतामा पर्न सकेनन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा मन्त्री पद पैसामा बेचिने रहेछ भन्दै आँशु नै चुहाएका थिए ।
माधव नेपालले कान्छा भाइ सरोजकुमार उपाध्यायलाई पनि पार्टीको केन्द्रीय सदस्य बनाएका छन । जसकाे विषयलाई लिएर माधव नेपाल एमालेभित्र चरम असन्तुष्ट बनेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरोजको व्यवस्थापनका लागि अनुरोध गरेर इन्जिनियरिङ काउन्सिलमा नियुक्ति दिन माग गरेका थिए तर ओलीले टेरेनन् त्यसपछि नेपालको एमाले र ओलीविरूद्धको अभियानले थप तीव्रता पाएको थियो ।
पछि प्रचण्डसँग मिलेर नेपालले ओलीलाई सडकबाट कारबाही गर्ने र आफैँ अध्यक्ष भएको घोषणा गर्ने हास्यास्पद काम समेत गरेका थिए । माधव नेपालले भाइलाइ मात्र होइन भाञ्जा नितेश पाैडेललाई पनि केन्द्रीय परिषद् सदस्य बनाएका छन ।
यसअघि विधि पद्धति र सामूहिक नेतृत्वको कुरा गर्ने र बहुपद एकैले लिन नहुने भनेर भाषण गरेरै नथाकेका माधव नेपाल अहिले निर्णय गर्ने अधिकार आफूले लिने, पार्टी अध्यक्ष र संसदीय दलको नेता आफैँ हुने र नियुक्ति र भागवण्डामा आफ्नालाई मात्र भाग दिने काममा सक्रिय भएका छन । उनै नेपालले दशैँको केहीदिनअघि मन्त्रीहरूलाई बोलाएर रक्सी नखान र सचिवलायमा कर्मचारी नियुक्ति गर्दा आफूसँग अनुमति लिन निर्देशन दिएका थिए ।
प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार १७:२०