१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यृ

३१ असोज , तेह्रथुम । तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका-९ पाटीगाउँका ६२ वर्षका दलबहादुर लिम्बूले मापासे सेवन गरी कुटपिट गर्दा आफ्नै श्रीमती ५५ वर्षीया दिलकुमारी लिम्बूकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटनास्थलबाट फलामको धारिलो हतियार बरामत गरिएको र प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुन सक्ने प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिएका छन । श्रीमतीको शरीर तथा अनुहारमा चोट देखिएको प्रहरीकाे भनाइ छ ।

मृतक दिलकुमारीको शवकाे पाेस्टमार्टम जिल्ला अस्पतालमा तेह्रथुममा गरिएको छ । आराेपी दलबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार १८:५८