झिझिया नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो
३० असोज , सिरहा । सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन् ।
दसैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अबस्थामा भेटिएका हुन् । मेलामा राति झगडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।
मेलामा राति दुई युवा समूहबीच विवाद भएको स्थानीय राम कृपाल यादवले जानकारी दिए । उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत रहेको बताइएको छ ।
शव इनारबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे पनि अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार ११:२०