ताप्लेजुङमा सर्प दंशबाट एक युवकको मृत्यु
३० असोज , ताप्लेजुङ । ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृत्यु भएकाे छ । जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
शुक्रबार राति घतानीलाई सर्पले डसेको थियो । सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई शनिबार बिहान आफन्तले जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार ०९:५४