२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

यसपालिको दसैँ नयाँ मान्छेसँग मनाउँछु : प्रियंका कार्की


यसपालिको दसैँ मेरा लागि बिशेष छ । भर्खरै घरमा नयाँ मान्छे (छोरी) को आगमन भएको छ । हरेक दिन दसँै जस्तो फिल भइरहेको छ । बितेका दुई बर्षभन्दा यसपालि वातावरण अलि खुल्ला छ । तर पनि सुरक्षित तवरले दसैँ मनाउनु पर्छ ।

म पहिलाका बर्षहरूमा झै सामान्य तवरले परम्परा निभाएर दसैँ मनाउछु । यसपालि छुट्टै केही प्लान बनाएकी छैन । सानोमा दसँैै भन्ने बित्तिकै नयाँ कपडा, टीका लगाएर पाइने दक्षिणको लोभ लाग्थ्यो । अहिले भने अझ प्रगति होेस् भन्ने मान्यजनको आशीर्वाद प्यारो लाग्छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार ११:४१