१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

महालक्ष्मी विकास बैंकका कर्मचारी र सेवाग्राहीलार्इ मेडिसिटी अस्पतालमा विशेष सहुलियत

७ साउन, काठमाडाैँ । महालक्ष्मी विकास बैंकका कर्मचारी र सेवाग्राहीलार्इ मेडिसिटी अस्पतालले उपचारमा विशेष सहुलियत  दिने भएको छ । ललितपुरको भैँसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र महालक्ष्मी विकास बैंकबीच सहकार्य गर्ने सम्झौतामा अाइतबार एक समारोहकाबीच हस्ताक्षर भएको छ ।

 नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र महालक्ष्मी विकास बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सम्झाैतामा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा अाएको छ ।  सम्झाैता अनुसार नेपालकै गुणस्तरिय सेवा प्रदान गर्ने अग्रणी अस्पतालको सेवामा महालक्ष्मी बैंकका कर्मचारी र सेवाग्राहिले विशेष सहुलियत प्राप्त  गर्नेछन ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले कर्पोरेट क्षेत्रका व्यस्त मानिसहरुका लागि अस्पतालले कार्यक्षेत्रमै विशेष स्वास्थ्य सेवा प्रदान गर्न तयार रहेको बताए। वन डे विथ कर्पोरेट केयर जस्ता कार्यक्रमलाई महालक्ष्मी विकास बैंकमा पनि सञ्चालन गर्नेमा उनले बताए । यस्तै अस्पतालका विभिन्न अभियानमा बैकले समर्थन र सहकार्य गर्ने प्रमुख कार्यकारी अधिकृत लामिछानेले बताए ।

खासगरि बैंकका भिसा डेबिट र क्रेडिट कार्डका उपभोक्ताका लागि यो सेवा विशेष रुपमा लागु हुनेछ । सम्झाैता अनुसार बैकले सामाजिक उत्तर दायित्वका रुपका गर्दै आएका गतिविधिमा नेपाल मेडिसिटीले साथ दिनेछ ।

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार ११:५४