१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

साफ च्याम्पियनसिपमा फाइनल प्रवेशका लागि भारतसँग खेलेको नेपाल १-०ले पराजित


२४ असोज, काठमाडाैँ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार राति मालेस्थित राष्ट्रिय रंगशालामा नेपाल भारतसँग १-०ले पराजित भयो ।

नेपाली खेलाडीले केही महत्वपूर्ण माैका गुमाएका थिए । योसँगै भारत फाइनलमा प्रवेश गरेको छ । लगातार दुई खेलमा अंक बाँडेको भारत नेपालसँग तीन अंक खोसेको छ ।

सात पटकको च्याम्पियन भारतले यसअघि बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको थियो । नेपालले यसअघि आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार २३:४४