५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सन्धिखर्क बजारमा चरम बेतिथी : बोतलमा पेट्रोल बिक्री, किराना पसलमा मदिरा

  २३ असोज, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले दशैँको पूर्वसन्ध्यामा गरेको बजार अनुगमनमा बजारमा निकै बेतिथी देखिएको छ । नगरभित्रका हरेक वडाका गाउँगाउँमा गरिएको अनुगमनको क्रममा मापदण्ड विपिरत संचालित धेरै पसलहरू भेटिएका छन् ।

अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता नै नभएको पाइएको सन्धिखर्क नगरपालिकाका अनुगमन अधिकृत जीवनारायण आचार्यले जानकारी दिए । खुद्रा पसलहरूमा पेट्रोल मात्रै हैन बिनाइजाजत मदिरा पनि राखेको पाइयो’, आचार्यले न्युज कारखानासँग भने, ‘दर्ता बिना सुर्तिजन्य पदार्थको बिक्री पनि व्यापक भेटियो ।

सम्झाइबुझाई गरी प्रकृयामा जान निर्देशन दिइएको छ ।’ अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्रीहरु धेरै भेटिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा कृष्णप्रसाद आचार्यले बताए । म्याद नाघेका र सडेगलेका सामग्रीहरू जफत गरिएको उनले जानकारी दिए । नगरपालिकामा करिब २०० पसलमा नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनका क्रममा स्थानीय बिनाइजाजतको घरेलु मदिरा पनि फेला परेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १२:३५