५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हुलाक क्षेत्रको समग्र पुनःसंरचना गर्छु: मन्त्री कार्की

२३ असोज, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हुलाक क्षेत्रको समग्र पुनःसंरचना हुने बताएका छन् ।

१४७औँ हुलाक दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दैै मन्त्री कार्कीले विश्व हुलाक सेवामा आएको परिवर्तनलाई आत्मसात गर्दै हुलाक सेवालाई भरपर्दाे र प्रतिस्पर्धी बनाउनुपर्ने बताएका हुन् ।

‘हुलाक क्षेत्रको समग्र पुनःसंरचना र सेवामा विविधिकरण गरी हुलाक सेवालाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको छ,’ उनले भने ।

सूचना प्रविधिको प्रयोगबाट विद्युतीय व्यापार तथा वित्तीय समावेशीकरणका कार्यक्रम सञ्चालन गर्ने प्रणलीको विकासलाई सरकारले प्राथमिकतामा राख्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार ०९:२७