१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

विश्वकप छनोट तथा युरोपेली छनोटमा जर्मनीको पुनरागमन जित


२३ असोज, काठमाडाैँ । विश्वकप छनोट तथा युरोपेली छनोटमा जर्मनीले पुनरागमन जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जर्मनले रोमानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

जर्मनको पुनरागमन जितमा सर्जी जिनाब्री र थोमस मुलरले १-१ गोल गरे । रोमानियाका लागि लानिस हागिले खेलको ९ मिनेटमा सुरुवाती अग्रता लिएका थिए ।

जितसँगै समूह ‘जी’मा जर्मनीको ७ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ । ७ खेलबाट १० अंक बनाएको रोमानिया तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार ०८:४१