११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

६ साउन, विराटनगर। कोष तथा लेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु आठ अर्ब ८१ करोड ८५ लाख ४३ हजार ४७ बढी राजश्व संकलन भएको जनाएको छ ।

गत अार्थीक वर्ष कूल रु चालीस अर्ब ४१ करोड ६० लाख ८० हजार २०५ संकलन भएकामा अघिल्लो अार्थिक वर्षमा कूल रु ३१ अर्ब ५९ करोड ७५ लाख ३७ हजार १५८ राजश्व संकलन भएको कोष नियन्त्रक योगेन्द्रप्रसाद पौडेलले बताउनुभयो ।
गत अार्थिक वर्षमा चालुतर्फ रु १४ अर्ब ४३ करोड ३२ लाख निकासा भएकामा रु १३ अर्ब ६१ करोड ३८ लाख खर्च भई ९४ प्रतिशत लक्ष्य हासिल भएको र पुँजीगततर्फ रु पाँच अर्ब ९५ करोड ४२ लाख निकासा भएकामा रु पाँच अर्ब १३ करोड १६ लाख खर्च भई लक्ष्य ८६ प्रतिशत हासिल गरेको जनाइएको छ ।

प्रकाशित मिति : July 22, 2018 at 4:24 pm