१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

युइएफए नेसन्स लिगमा फ्रान्सको पुनरामगन जित, उपाधिका लागि स्पेनसँग भिड्ने


२२ असोज, काठमाडाैँ । युइएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमविरुद्ध पुनरागमन जित निकालेको छ । बिहीबार राति इटालीको टुरिन भएको खेलमा फ्रान्सले २-० ले पछि परेको स्थितिलाई उल्टाउदै ३-२ को जित निकाल्न सफल भएको हो ।

फ्रान्सको जितमा करिम बेन्जेमा, केलियम एम्बाप्पे र थियो हर्नाण्डेजले १-१ गोल गरे । बेल्जियमका लागि यान्निक कारास्को र रोमेलु लुकाकुले १/१ गोल गरे । खेलको ३७ मिनेटमा यान्निक र ४० मिनेटमा लुकाकुले गोल गर्दै पहिलो हाफमा बेल्जियमलाई २-० ले अग्रता दिलाए ।

दोस्रो हाफमा फ्रान्सले एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पुनरागमन जित निकाल्यो । एम्बाप्पेले १ गोल र १ पास मिलाए । एम्बाप्पेको पासमा बेन्जेमाले ६२, एम्बाप्पेले ६९ र थियोले ९० मिनेटमा गोल गरेका थिए । अब उपाधिका लागि फ्रान्सले स्पेनसँग खेल्नेछ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ०७:५६