इन्डियन प्रिमियर लिगः कोलकाताले राजस्थानलाई ८६ रनले हरायाे
२२ असोज, काठमाडाैँ । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ । बिहीबार सारजाहमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो ।
कोलकाताकाले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएकाे राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो ।
राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । उसका शुबमन गिलले ५६ रनको अर्धशतकीय इनिङ् खेले ।
राजस्थानका क्रिस मोरिस,चेतन शाकरिया,राहुल टेवाटिया र ग्लेन फिलिप्सले १/१ विकेट लिए । जितसँगै कोलकाता १४ खेलमा १४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । काेलकाता प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थान १० अंक जोडेर सातौ स्थानमा छ ।
प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ०५:४६