१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

लमजुङमा ७६ हजार नगदसहित नौ जुवाडे पक्राउ

२१ असोज, लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका-३ सोती पसलबाट प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

स्थानीय धनवीर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरी टोलीले नगद ७६ हजार १८५ रुपैयाँ र ताससहित ९ जनालाई पक्राउ गरेको भोर्लेटारका प्रहरी निरीक्षक बोधराज रेग्मीले जानकारी दिए ।

पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको छ। दशैंतिहार नजिकिएसँगै चाडपर्वको समयमा आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै प्रहरीले जिल्लामा सुरक्षा निगरानी बढाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १३:४०