१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

साफ च्याम्पियनसिपको दोस्रो खेलमा सुमनले दिलाए नेपाललाई सुरुवाती अग्रता


१८ असोज, काठमाडौँ । श्रीलंकाविरुद्धको खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ । माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध सुरुवाती गोल गरेको हो ।

नेपालको लागि मिडफिल्डर सुमन लामाले गोल गरे । श्रीलंकाविरुद्ध नेपालको अट्याक लाइन समालेका सुमनले खेलको ३१ मिनेटमा गोल गरेका हुन् । सुमनले नवयुग श्रेष्ठको पास सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए ।

श्रीलंकाविरुद्ध नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहेलो कार्ड पाएका छन् । यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

श्रीलंकाविरुद्ध नेपाली टोली

गोलरक्षक – किरणकुमार लिम्बू
डिफेन्डर– सुमन अर्याल, अनन्त तामाङ, रोहित चन्द, गौतम श्रेष्ठ
मिडफिल्डर– पुजन उपरकोटी, विशाल राई, तेज तामाङ
स्ट्राइकर – अन्जन बिष्ट, सुमन लामा, नवयुग श्रेष्ठ

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार २२:४२