१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

अघिल्लो आर्थिक बर्षमा नोक्सान बेहोरेको इन्फिनिटी लघुवित्तले करोड नघायो खुद नाफा

६ साउन, काठमाडौं । अघिल्लो आर्थिक बर्षमा ५९ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा रहेको इन्फिनिटी लघुवित्तले गत आर्थिक बर्ष ०७४÷७५ मा एक करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी आठ रुपैयाँ १६ पैसा कायम भएको छ । कम्पनीले ५४ लाख ४७ हजार रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको छ ।

समीक्षा अवधिमा २५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो बर्षको यसै अवधिको तुलनामा कम्पनीले दुई करोड ७४ लाख निक्षेप संकलन गरेको थियो ।

लघुवित्तले अघिल्लो बर्ष १५ करोड ७ लाख रुपैयाँ रहेको कर्जा परिचालन रकम बढाएर ८१ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ ।

गैडाकोट नवलपरासीमा मुख्य कार्यालय रहेको लघुवित्तको निक्षेप लागत ११.०३ प्रतिशत, पूँजी कोष अनुपात १७.४४ प्रतिशत र निष्कृय कर्जा ०.०९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १३:०४