१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आशा लघुवित्तको घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१८ असाेज, काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक बर्ष २०७७/७८ बाट सेयर धनीलाई चुक्ता पुँजीको २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साेमबार बसेको लघुवित्तकाे सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्ताव गरेबमोजिम कम्पनीले चुक्ता पुँजीको २६ करोड ७१ लाख ३१ हजार २०० रुपैयाँको आधारमा ६ करोड ६७ लाख ८२ हजार ८०० रुपैयाँ बराबरको बोनस शेयर र ३५ लाख १४ हजार ८८४ रुपैयाँ नगद लाभांश गरी कुल ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँ वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १२:५५