१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सिटिजन्स बैंकको नाफा ३० प्रतिशत बढ्यो,४६ करोड निष्क्रिय कर्जा असुल

६ साउन,काठमाडौं । सिटिजन्स बैंकको नाफा बढेर १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकले आर्थिक वर्ष ०७४÷०७५ मा खुदनाफा ३० प्रतिशत वृद्धि गरेको छ । भने बैंकले ४६ करोड निष्क्रिय कर्जा असुल(राइट ब्याक) गरेको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा निक्षेप तथा कर्जा विस्तार प्रक्षेपण गरेअनुसार रहेको जानकारी दिएको छ । ब्याज खर्चमा केही वृद्धि भए पनि नाफा सन्तोषजनक रहेको बैंकले जानकारी दिएको छ ।

गत वर्ष बैंकको ब्याज आम्दानी बढेर २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको निक्रिय कर्जा अनुपात घटेर १.२५ प्रतिशतमा झरेको छ । गत चैतसम्म यस्तो कर्जा १.४६ प्रतिशत थियो ।

बैंकको संचित कोषको आकार बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ६१ अर्ब ६८ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ५७ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १२:३९