२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

डन्डीकाे मूल्य ४ रुपैयाँ घटाउन फलामे छड उत्पादक संघको निर्देशन

१७ असोज, काठमाडौँ । नेपाल फलामे छड उत्पादक संघले फलामे डन्डीको मूल्य घटाउन निर्देशन दिएको छ । संघले शनिबारबाटै लागू हुने गरी डन्डीमा प्रतिकिलो चार रुपैयाँ घटाएर बेच्न उद्योगीलाई निर्देशन दिएको हो ।

सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको आर्थिक ऐनले स्पन्ज आइरनमा अन्तःशुल्क घटाउँदा डन्डीको बजार मूल्य पनि घटेको संघको भनाइ छ । फलामको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य १२ प्रतिशतसम्म बढ्दा पनि अन्तःशुल्क छुट पाएका कारण डन्डीमा मूल्य घटेको संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विदेशबाट बिलेट ल्याएर डन्डी उत्पादन गर्दै आएका उद्योग भने सरकारको निर्णयको विरोधमा छन् । फलाम र स्टिलजन्य वस्तु उत्पादनका लागि चाहिने कच्चा पदार्थ बिलेट र स्पन्ज आइरनमा अन्तःशुल्क बढेपछि उद्योगहरूले प्रतिकिलो छ रुपैयाँसम्म मूल्य बढाएका छन् ।

प्रकाशित मिति : October 3, 2021 at 2:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/