१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आरएसडिसी लघुवित्तले घोषणा गर्याे लाभांश

१७ असाेज, काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको लघुवित्त संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ नाफाबाट चुक्ता पूँजी ७३ करोड १९ लाख को १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार १२:४७