१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

लक्ष्मी लघुवित्तले घाेषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१७ असाेज, काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयर धनीलाई २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लक्ष्मी लघुवित्तको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर समेत गरी ७.३६८४२१ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ । सो लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृती प्रश्चात वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार १२:०४