१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सानिमा क्यापिटलको साधारण सभा आज बस्दै

१५ असोज, काठमाडौँ । सानिमा क्यापिटलको वार्षिक साधारण सभा आज बस्दैछ । क्यापिटलले २५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गर्न छैटौं साधारणसभा सानिमा बैंकको केन्द्रीय कार्यालय नक्सालमा दिउँसो १ बजे आयाेजना हुने जनाइएकाे छ ।

सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पेस हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, नाफा नोक्सान, वासलातलगायतका एजेन्डामा पनि छलफल हुनेछ । यसमा कम्पनीले ६ करोड २५ लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ११:०३