१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एचआईडीसीएलको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

१४ असोज, काठमाडौँ । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)को तीन करोड ६२ लाख २६ हजार सात सय २४ कित्ता सेयर लिलामीमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले ७ असोजदेखि सर्वसाधारण समूहको ३२ लाख २९ हजार सात सय २४ कित्ता र संस्थापक समूहको तीन करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको हो ।

सर्वसाधारणतर्फ न्यूनतम एक सय कित्ता र संस्थापकतर्फ न्यूनतम एक करोड कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम संख्याको लागि भने कुनै हद तोकिएको छैन । यसमा न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा भाग लिनु पर्नेछ । बिहीबार कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।

यस लिलामीमा व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआईडीसीएलले जनाएको छ । कम्पनीको बोलपत्र आवेदन फारम लिन र बुझाउन बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल नक्साल, काठमाडौंबाट सकिनेछ । त्ययसैगरी, ग्लोबल आईएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।

साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, धनगढी, महेन्द्रनगर नेपालगञ्ज, सुर्खेत र घोराही शाखाबाट पनि लिलामीमा आवेदन भर्न सकिनेछ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १०:५५