१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सानिमा इक्विटी फण्ड र लार्ज क्याप फण्डले इकाई धनीहरूको खातामा लाभांश जम्मा गर्ने

१३ असोज, काठमाडौँ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको नगद लाभांश इकाई धनीको खातामा जम्मा गर्ने भएको छ । दुवै फण्डले १७ असोजमा आईपीएसमार्फत कर कट्टा गरी प्रस्तावित नगद इकाई धनीको हितग्राही खातामा जम्मा गर्ने भएका हुन् ।

गत आव २०७७/०७८ बाट सानिमा इक्वीटी फण्डले इकाई धनीहरूलाई करसहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डले करसहित चार प्रतिशतका दरले नगद लाभांश वितरण गरेको छ । यी दुवै फण्डले लाभांश वितरणका लागि १ असोजमा बुकक्लोज गरेको थियो । यसअनुसार ३१ भदौसम्म नेप्सेमा कारोबार भई कायम इकाई धनीको खातामा सो लाभांश जम्मा गरिनेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ११:१६