२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

११ असोज, काठमाडाैँ । बालअधिकार, बालमैत्री स्थानीय शासन र बालिका तथा किशोरीहरुको सशत्तिकरणमा क्रियाशिल गैरसरकारी संस्था चङ्गा फाउण्डेशनको नेतृत्व युवा महिलाहरुले गर्ने भएका छन् । विगतमा वालक्लवमा कार्यरत २७ वर्ष भन्दा मुनिका युवा महिलाहरुले सो संस्थाको नेतृत्व लिएका हुन । आज काठमाडौंमा भएको साधारण सभाले युवा महिलाहरुको नेतृत्वमा नयाँ टिम गठन गरेको छ ।

बालक्लवमा रहेर बालअधिकारमा क्रियाशिल भइसकेकी अधिवत्ता कुञ्जनी परियार प्यासीको नेतृत्वमा नयाँ कार्यसमितिको गठन भएको हो । सञ्जिता देवकोटा सचिव, निरुता खत्री कोषाध्यक्ष, पुजा प्रजा चेपाङ, सुमन शाह, रञ्जना चौधरी र विनुमाया लोप्चन सदस्य रहेको कार्यसमिति निर्वाचित भएको हो ।

देशभर रहेका २५ हजार वालक्लवबाट ग्रायजुएट भएका युवाहरु संगठित हुन पाउने साझा थलोको रुपमा चङ्गा फाउण्डेशन स्थापना भएको र बालबालिकाको मातृसंस्थाको रुपमा निरन्तर क्रियाशिल रहने अध्यक्ष परियारले बताइन । विगतमा बालक्लवमा रहेर काम गरेका युवाहरुले बालअधिकारका क्षेत्रमा योगदान गर्न सकुन भन्ने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको हो ।

२०७२ साल देखि यो संस्था नेपालका सातबटै प्रदेशमा क्रियाशिल छ । मुख्यतः बालक्लव गठन, पुर्नगठन र बालमैत्री स्थानीय शासन अवलम्वन गर्न बालक्लवका पुर्व सदस्यहरु मार्फत यो संस्थाले निरन्तररुपमा कार्य गरिहेको निवर्तमान अध्यक्ष हिमाल गैरेले बताए ।

बालक्लवबाट ग्राजुएट भएका युवाहरुलाई जुन पेशामा गए पनि बालअधिकार प्रति संवेदनशिल बनाउन, बालअधिकारका क्षेत्रमा योगदान गर्न, स्थानीय पालिकालाई सघाउ पु¥याउन यो संस्थाले पुलको काम गरिरहेको राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलनराज धरेलले बताए । उनले भने, ‘बालक्लवमा रहेर सिकेको सिपलाई बालबालिकाकोलागि नै दिन सकिन्छ भन्ने कुरालाई चङ्गा फाउण्डेशनले संस्थागत गरेको छ । र बालक्लवका पुर्व सदस्यहरु पनि संगठित भएर बालअधिकारमा योगदान दिन थालेका छन, यो सुन्दर पक्ष हो ।’

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले निमार्ण गर्ने नीति, योजना र कार्यक्रमहरुमा सहजीकरण गर्ने कार्य यो संस्थाले गरिरहेको छ । तत्कालिन संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०७३ सालमा जारी गरेको बालक्लव गठन र सञ्चालन सम्बन्धि निर्देशिका यही संस्थाले निमार्ण गरेर सरकारलाई हस्तान्तरण गरेको र मन्त्रालयले जारी गरेको सो प्रक्रियामा संलग्न हरिवोल आर्चायले बताए ।

बालक्लवबाट ग्रायजुएट भएका युवाहरु बालअधिकारमा केन्द्रीत हुदाँ स्थानीय पालिकाहरुलाई सहज हुने गरेको बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक तिलोत्तम पौडेलले बताए । उनले भने,‘बालमैत्री स्थानीय शासन लागू गरी पालिकाहरुलाई बालमैत्री बनाउन बालक्लवका पुर्व सदस्यहरुको ठुलो भूमिका रहन्छ ।’

हाल बालिका र किशोरीहरुको सशत्तिकरणमा क्रियाशिल रहेको यो संस्थाले निकट भविष्यमा बालक्लवका पुर्व सदस्यहरुको राष्ट्रियस्तरको दोस्रो भेला गर्न गइरहेको अध्यक्ष परियारले जानकारी दिइन । यस अधि २०७४ सालमा बालक्लवका पुर्व सदस्यहरुको पहिलो भेला सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १५:५९