१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

प्रतिक्षा शुक्लाले जितिन् मिस नेपाल युएसकाे उपाधि

११ असोज, काठमाडौँ । १०औं संस्करणको ‘मिस नेपाल युएस–२०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा उनले आफ्ना १० प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष उपाधि हासिल गरेकी हुन् ।

इप्लानेट प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा कला न्यौपाने फस्र्ट रनर अप र अलिशा लिम्बू सेकेन्ड रनर अप घोषित भए ।अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगीहरू सहभागी भएको प्रतियोगिताको अन्तिम स्पर्धामा अपेक्षासिंह गुरुङ परियार, अलिशा लिम्बू, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ र सोन्याषा थापा थिए ।

इप्लानेट प्रालिसँगको सहकार्यमा अमित शाहले सन् २०११ देखि अमेरिकाको न्युओर्कमा मिस नेपाल युएस प्रतियोगिता सुरु गरेका हुन् । यसपालिको प्रतियोगिता सुरु हुनुअघि सबै प्रतियोगीको कोभिड परीक्षण गरिएको आयोजक संस्थाका प्रमुख सन्तोष सापकोटाले जनाएका छन् ।

प्रकाशित मिति : September 27, 2021 at 3:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/