१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

मध्य भोटेकोशीको आईपीओ बाँडफाँड, कसले हात पारे कति कित्ता ?

११ असाेज, काठमाडाैँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि बिक्री खुला गरेको आइपीओ साेमबार बाँडफाँड भएको छ । सोमबार बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्साल, काठमाडौँमा आइपीओ बाँडफाँड भएको हो ।

बाँडफाड भएको उक्त सेयरमा १८० कित्तासम्मका लागि आवेदन दिनेले माग अनुसार सेयर हात पारेका छन् भने १९० कित्तादेखि चार सय कित्तासम्मका लागि आववेदन दिने २३१३ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरि १९० कित्तासम्म सेयर पाएका छन् ।

त्यस्तै, आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत कुल आवेदकहरूमध्येबाट १० देखि ४० कित्तासम्मका लागि आवेदन दिनेले माग अनुसार र ५० देखि ४०० कित्तासम्म माग गर्नेलाई गोलाप्रथाको माध्यमबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले सेयर हात परेका छन् ।

त्यस्तै, आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म सेयर पाएका छन् । यो आईपीओमा एक लाख ८ हजार पाँच २७ जनाले आवेदन दिएका थिए । जसमध्ये आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार एक सय ४७ जना आवेदक रहेका थिए । आवेदन दिएका ४९ जनाको भने आवेदन रद्द भएको छ ।

कम्पनीले ५ साउनबाट आयोजना प्रभावित तथा सिल्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई कूल ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमध्ये आयोजना प्रभावितलाई १८ लाख र स्थानीयलाई ४२ लाख कित्ता सेयर छुट्टाइएको थियो । निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको थियो ।

प्रकाशित मिति : September 27, 2021 at 2:38 pm